कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com