एमाले कार्यदलको पहिलो बैठक सम्पन्नः यस्ता छन् निर्णय

काठमाडौँ, ४ जेठ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा माधव नेपाल पक्षका संयोजक डा। भीमबहादुर रावलका अनुसार एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन अपिल गर्ने, सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने, देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय समेत गरेको गरेको छ ।

कार्यदलका सदस्य शंकर पोखरेल बाहेकका सबै सदस्य उपस्थित रहनुभएको बैठकपछि डा रावलले जानकारी दिनुभयो । २ जेठमा बनेको कार्यदलको पहिलो बैठक हिजै बस्नुपर्नेमा डा रावलको आँखामा समस्या आएका कारण बस्न सकेको थिएन ।

कार्यदलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com