आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप

काठमाडौँ, २५ जेठ । सरकारले आजदेखि देशभर चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक-पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com