भारतमा २४ घण्टामा ९२ हजारबढीमा कोरोना पुष्टि

काठमाडौँ, २७ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधीमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।  भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ५३ हजार ५२८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनको तथ्यांक अनुसार २ करोड ९० लाख ८९ हजार ६९ जनामा कोरोना संक्रमण भइसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com