लागुऔषधसहित दुई जना पक्राउ

धनगढी, २७ जेठ । कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित सोही नगरपालिका-४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका-९ का १९ वर्षीय गोपाल ठगुन्नालाई पक्राउ गरेको हो ।

होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com