जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, २७ जेठ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहान भूमिकास्थान नगरपालिका ९ तारिकेमा लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिपमा चालक मात्र सवार थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com