हत्‍या गरेको आरोपमा पाँचजना पक्राउ

रुपन्देही, २७ जेठ । हत्‍या गरेको आरोपमा पाँचजनालाई ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले पक्राउ गरेको छ ।

लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको पक्राउ हत्या गरेको आरोपमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।

गत जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) थान-१, पानी तान्ने नलको ह्याण्डर (हत्ता) थान-१ र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा थान-१ सहित अन्य प्रमाणहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com