भ्रममा नपरौं ‘म जहाँ छु, त्यहीँ छु’: पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २७ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो समय आएका समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिद् विस्तारका क्रममा आफुलाई नअँटाएको आक्रोसमा पार्टीमा आफ्नो टिम नै परिवर्तन गर्ने चेतावनी दिएको भन्ने गलत, भ्रामक तथा तथ्यहिन समाचार संम्प्रेषणमा आफ्नो गंभिर ध्यानाकर्षण भएको बताउनुभएको छ । मन्त्री नपाएकै भरमा आफुले कुनै टिम परिवर्तन नगर्ने उद्घोष गर्दै नेता बस्नेतले राज्यका कुनै पनि पद आफुले खोजेर भन्दा पनि पदले आफुलाई खोजेर आउने गरी जनताको सेवामा समर्पित भई काम गर्ने बताउनुभयो ।

ओलीले आज ७ जना मन्त्री थप गर्दै २५ जनाको मन्त्रीमण्डललाई पूर्णता दिनुभएको छ । सो क्रममा केही दिन अघि देखी नेता बस्नेतको गृह तथा सञ्चारमन्त्री मध्येमा एक बन्ने भनी व्यापक मात्रामा चर्चा भएको थियो । चर्चामात्र नभई आम नेपाली जनताले समेत विकास र समृद्धिको नेतृत्वकर्ताको रुपमा सरकारको जिम्मेवार पदमा पुगी देश र जनताको पक्षमा काम गरेको हेर्न चाहेका थिए । तर मन्त्रीमण्डल विस्तारको क्रममा प्रधानमन्त्री ओलीले नेता बस्नेतलाई समेट्न सक्नुभएन । जसमा पार्टीका आन्तरिक प्रतिस्पर्धी तथा केही स्वार्थीको गोलचक्करमा परि ओलीले नेता बस्नेतलाई मन्त्रीको रुपमा ल्याउन नसकेको एमालेकै नेता कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

उहाँले भन्नुभएको छ, ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन् । पार्टी निति, नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु । पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन् । मेरो बिरोधि साथीहरुलाई झन्धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु । गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु । अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com