माधव नेपालले गरेको गद्धारी गिनिज बुकमै लेखिने छ: अध्यक्ष ओली

काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले गरेको पार्टी, जनता तथा व्यवस्था विरोधी गतिविधिहरुको गद्धारीपन गिनिजबुकमा नै लेखिने दावी गर्नुभएको छ ।

बुधवार ललितपुरको तुलसिलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको १०औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधव कुमार नेपाल समूहले कम्युनिष्ट विचार तथा जनताको उन्नती विरोधीसँग साँठगाँठ गरेर नेपाली कम्युनिष्ट आन्दोलन समाप्त पार्ने दिशामा लागेको बताउनुभयो । पार्टीभित्रका ऐजेरुहरुलाई समयमा नै उखेल्न नसक्नु कमजोरी भएको बताउनुभयो ।

अदालतको आडमा लुकेर माधव र प्रचण्डले वर्ग विरोधीहरुसँग सहकार्य गरी नेपाली कम्युनिष्ट आन्दोलनका गद्धारीको रुपमा प्रमाणीत गरेको बताउनुभयो । आफ्नो पार्टीको सरकारलाई ढालेर भारतको लागि कम्फर्टेवल सरकार बनाउन माधव समूहले सहयोग गरेकोमा आक्रोसित हुँदै अध्यक्ष ओलीले माधव नेपालको गद्धारि गिनिज बुकमा नै नाम लेखिनसक्ने दावी गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com