कलाकार निशा घिमिरेको निधन

काठमाडौँ, १६ भदौ । नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन् । उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com