बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ, १७ भदौ । हृदयघातका कारण बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भएको छ ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com