कमेडी च्याम्पियनबाट अभिनेत्री ऋचाले लिइन् बिदा

काठमाडौँ, १८ भदौ । अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बिदा लिएकी छन् । उनले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन् ।

ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् । कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ । फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com