बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु

चितवन, २९ भदौ । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

आज बिहान गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किदा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com