थप १५६२ जनामा कोरोना संक्रमण, १५८९ जना डिस्चार्ज

काठमाडौँ, २९ भदौ । थप १ हजार ५ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४२ हजार ३ सय ६ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com