राष्ट्रिय युवा संघद्वारा बाल दिवसको अवसरमा खाद्यान्न तथा कपडा वितरण

काठमाडौँ, २९ भदौ । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज संरक्षण विहिन असहाय वालवालिकालाई खाद्यान्य तथा कपडा वितरण गरेको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थिती असहाय बालगृह चोभारमा संघको अध्यक्ष किरण पौडेलेको नेतृत्वमा गएको संघका पदाधिकारी सहितको टोलीले बालगृहमा रहेका संरक्षण विहिन असहाय वालवालिकालाई खाद्यान्य तथा न्यानो कपडा वितरण गरेको हो । संघले बालगृहमा रहेका सम्पूर्ण वालवालिकालाई दुई-दुई जोरका दरले कपडा वितरण गरेको छ । अबका दिनमा संघले उक्त बालगृहमा शैक्षिक सामाग्रीहरु समेत वितरण गर्ने संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले संघले राजनीतिमा युवा तथा वालवालिकाको भाग्य र भविष्यसँग जोडिने उल्लेख गर्दै राजनीतिक अभियानसँग सँगै सामाजिक अभियानमा संघले निरन्तर काम गरिरहने प्रतिवद्धता जनाउनुभयो । युवाभन्दा पनि बालबालिका देशको कर्णधार तथा भविष्य भएको उल्लेख गर्दै संघका अध्यक्ष पौडेलले वालवालिकाको मष्तिस्कमा कुनै पनि नकरात्मक असर पर्नु नहुने कुरामा जोड दिनुभयो ।

संघले विशेष माग र मुद्धाहरुलाई लिएर अगाडी बढेकोमात्र नभई सरकारले सम्बोधन समेत गर्दै अगाडी बढेको उल्लेख गर्दै उहाँले बालवालिकाहरुको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराहरुलाई अनिवार्य हुनुपर्ने कुरा संविधानमा नै ग्यारेन्टी भइसकेको स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनहरुमा समेत वालवालिकाको समस्यामा संघ साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्षहरु क्षितिज थेवे, असोक चौलागाई, पुष्प श्रेष्ठ, अञ्जना अधिकारी, उपमहासचिव रामजी सापकोटालगायतका संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com