नेपाल बाल संगठन भक्तपुरद्वारा ४१ जनालाई कपडा तथा खाद्यान्य वितरण

भक्तपुर, २९ भदौ । नेपाल बालसंगठन जिल्ला कार्यसमिती भक्तपुरले ४१ जना असहाय बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्य विरतण गरेको छ ।

आज ५७औं बाल दिवसको अवसरमा बाल मन्दिरका १६ जना विद्यार्थीलार्ई कपडा तथा खाना वितरण गरेको छ भने मानब कल्याण समाजका २५ जनालाई ज्याकेट वितरण गरिएको संगठनका राजेश खड्काले जानकारी दिनुभयो । उक्त २५ जनाबाट एक जना छनौट गरी पठाई खर्च समेत व्यहोर्ने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

संगठनले बालबालिकाको माग र मुद्धाहरुलाई लिएर अगाडी बढेकोमात्र नभई सरकारले सम्बोधन समेत गर्दै अगाडी बढेको उल्लेख गर्दै उहाँले वालवालिकाहरुको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराहरुलाई अनिवार्य हुनुपर्ने कुरा संविधानमा नै ग्यारेन्टी भइसकेको स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनहरुमा समेत बालवालिकाको समस्यामा संगठन साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com