अभिनेत्री करिश्मालाई ओलीको फोन

काठमाडौँ, २ असोज । एमालेका अध्यक्ष केपी ओलीले चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेका छन् ।

अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।

उनले फोनमा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!करिश्मा परिक्षा कस्तो भैरहेको छ ? हजुर ठिक छ सर !!तपाई के पि ओलि ????? अ हो बिश्वस लागेन !!!लागेन सर !! अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलोमान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा 🙏

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com