पाँच दलीय मोर्चा जिल्ला-जिल्लामा बन्छ : अध्यक्ष नेपाल

हेटौंडा, ९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने बताउनुभएको छ ।

शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म निर्माण हुने बताउनुभयो । नेपालले छिट्टैनै केन्द्रमा पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस् । अरु सँगपनि सहकार्य गर्नुहोस् । पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस् । केन्द्रदेखि तलसम्म जान्छौं । समाज सेवामा अव्वल हुनुपर्योस । खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौं । घमण्ड नगर्नुहोला ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com