थप १४७ जनामा कोरोना संक्रमण, ८४५ जना डिस्चार्ज

काठमाडौँ, ३० असोज । थप १ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४ हजार ६ सय ५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ९८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ४५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८० हजार ७ सय ७६ जना रहेको छ । आज १जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com