भारतको ताजमा कश्मीर नयाँ गहना: जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अमित शाहको अनुरोध

दिल्ली, २५ कार्तिक । यस वर्षको पहिलो हिमपात जम्मु र कश्मीर मा भएको छ, त्यहाँका जमिनहरू सेतो पछ्यौरा भित्र भएको जस्तो देखिन्छन् भन्दै युनियन होम मिनिस्टर अमित शाहले जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अनुरोध गरेका छन् ।

जम्मु र कश्मीर लाई आउँदा भ्रमण तालिकाको आफ्नो पर्यटकीय गन्तव्यमा राख्न अनुरोध गर्दै अमित शाहले भारतको ताजमा कश्मीर नयाँ गहना भएको बताएका हुन् । कश्मीर को पिर पन्जाल हिमालय रेन्जको तस्बिरहरू ट्विटरमा शेयर गर्दै अब जम्मु र कश्मीर पर्यटकहरूलाई स्वागत गर्न तयार रहेको अमित शाहले बताएका हुन् ।

मगंलबार मात्र सकिएको ३ दिने जम्मु र कश्मीर को भ्रमणबाट अमित शाह फर्किएको बताइन्छ, दिल्ली फर्कने क्रममा फ्लाइटका दौरान केही तस्बिरहरू अमित शाहले खिचेका हुन् । आर्टिकल ३६० लागु भएपछिको यो अमित शाहको पहिलो जम्मु र कश्मीर भ्रमण थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com