बाल विवाहको आरोपमा दुई जना पक्राउ

दैलेख, ९ मंसिर । बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गाँउपालिका –५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com