एमाले केन्द्रीय कमिटीको बैठकले गर्यो ४ महत्वपूर्ण निर्णय (सूचीसहित)

चितवन, ११ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीले चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

चितवनमा १०औं महाधिवेशन चलिरहेको समयमा हिजो राती बसेको केन्द्रीय कमिटीको बैठकले चार वटा निर्णयहरु गरेको प्रचार विभागका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन्,

१. केन्द्रीय कमिटी २२५ बाट बढाएर ३०१ सदस्यीय बनाउने,
२. ९९ सदस्यीय पोलिटव्यूरो बनाउने,
३. केन्द्रीय कमिटीमा एक बरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष र ३ जना उपमहासचिव बनाउने । अन्य पद यथावत रहने,
४. अनुशनसन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com