अभिनेत्री रेखा थापा पराजित

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन् ।

उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भएकी हुन् । कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com