टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

धनकुटा, ३० पौष । धनकुटा नगरपालिका–२, नागढुंगामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसमा चालक र परिचालक च्यापिएको प्रहरीचौकी हिलेले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com