बताससँग नारायणहिटीको ठेक्का सम्झौता तोडिने

काठमाडौँ, ३० पौष । बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ ।

छानबिन समितिले कानुनविपरीत ठेक्का सम्झौता रहेको प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका अनुसार कानुनी कुराहरू सबै बुझ्ने काम भइरहेको छ ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com