राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय निर्वाचनबारे छलफल

काठमाडौँ, ३० पौष । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेको छ ।

आज बसेको सर्वदलीय बैठकमा राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल गरेको बताइएको छ ।

१७ दललाई बोलाइएको छलफलमा १५ दलका तर्फबाट सुझाव राखेका थिए । साथै दलका नेताहरुले कोभिड महामारीको जोखिम कम गर्न राष्ट्रियसभा निर्वाचनका स्थानहरु थप गरेर भिडभाड कम गर्न आग्रह समेत गरेको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com