५०८७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, २० पौष । थप ५ हजार ८७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४५ हजार ५ सय १ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १५ हजार ६ सय ५३ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com