Banner News

देशभर निर्वाचनको वातावरण बनाउन सञ्चारकर्मीलाई अध्यक्ष विष्टको आग्रह



भक्तपुर १९ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डा विष्टले पत्रकार महासंघले निर्वाचनका सवालमा सकारात्मक भुमिका खेलिरहेको बताउँदै देशभर निर्वाचनको वातावरण बनाउने कार्यमा भुमिका खेल्न सबै पत्रकारलाई आग्रह गरे ।
उनले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भुमिका खेलेको बताउँदै आफनो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा,ज्येष्ठ पत्रकार सम्मान लगायतका कार्य गरेको वताए।
स्थानीय निकायको निर्वाचन नभए देश गम्भिर संकटमा पर्ने उनले वताए ।