चीनमा आगलागीमा परि कम्तीमा २८ जनाको मृत्यु

एजेन्सी, २६ असार । चीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए । फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे आगो लागेको थियो । अधिकारीहरूले भवनभित्र अझै मानिसहरू…