यात्रुलाई गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ, २८ असोज । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल/रेष्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरेका छन्…