घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २० हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।