असार २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा भएका सवै प्रकारका विकृति तथा विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जुम्लामा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान गरेका छन् ।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए ।
मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सीटीईभीटी)लाई पुनर्गठन गर्ने घोषणा पनि गरे । मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोडन सरकार लागि परेको पनि बताए ।










प्रतिक्रिया दिनुहोस्