असार २५, काठमाडौं । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला शसक्तिकरणको निम्ती आर्थिक तथा सामाजिक क्षेत्र उत्पादनमुलक हुनुपर्ने बताएकि छिन् ।
राष्ट्रिय सभामा महिला, वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी बनेको विधेक २०७५ का वारेमा आफ्नो मन्त्रालयको वारेमा धाराणा प्रस्तुत गर्दै मन्त्री थापाले मानव वेचविखन नियन्त्रणको निम्ती सरकारले कडा भन्दा कडा कारवाही वनाउने बताएकि छिन् । नेपालमा कानुन निर्माण भए तर कार्यान्यन कमजोर भएका कारण महिला हिंसा हुने गरेको बताउँदै आगामि दिनमा सरकारले कडा कानुनको निमर्णा गरी कार्यान्वयनमा ल्याउने वताईन ।
मन्त्री थापाले महिला हिंसालाई अन्त्यको निम्ती शिक्षा, तालिम, गोष्ठि लगायतका जनचेतनामुलक कार्यहरु सञ्चालन गर्नुपर्ने र मन्त्रालय त्यसको तयारीमा जुटेको जानकारी गराईन् । महिलाहरुलाई जनचेतनाको विकास गर्न शिक्षा, स्वास्थ्य, सञ्चार, तालिम लगायतका कार्यहरुको व्यवस्था गरिएको बताईन् । त्यस्तै नेपालमा लैङ्गिक हिंसा तथा लैङ्गिक विभेदको अन्त्यका निम्ती कानुनी रुपमा दण्डनिय बनाएको जानकारी गराईन् । नेपालमा महिलालाई यौन तथा विभिन्न प्रकारका शोषणहरु हुने गरेकोले त्यस्ता शोषण गर्ने व्यक्तिहरुलाई कानुनी रुपमा कारवाही हुने वताईन । त्यस्ता पिडितलाई मन्त्रालयको तर्फबाट पिडितलाई क्षतीपूर्तीको व्यवस्था गरेको बताईन् । हालसम्म ३७ जनालाई क्षतीपूर्तीको व्यवस्था गरेको समेत जानकारी गराईन् ।
त्यस्तै मन्त्री थापाले छाउपडि प्रथाको अन्त्य गरेरै छोड्ने दृढता व्यक्त गरेकी छिन् । त्यस्तै वृद्धाश्रमलाई व्यवस्थित गरी आत्मासम्मानका साथ वाच्न पाउनुर्ने कुरालाई उच्च प्रथमिकता दिएको उल्लेख गरिन् । मन्त्री थापाले नागरिकता सहजरुपमा पाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई सहजता प्रदान गर्नको निम्ती आग्रह समेत गरीन् ।









प्रतिक्रिया दिनुहोस्