असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न मुख्य भुमिका खेलेको बताएका छन् ।
२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताए ।
त्यो समयमा भाषा र साहित्यको माध्यमले समाजमा रहेका सत्य तथ्य तथा वास्तविक कुराहरुलाई भानुभक्तले कलमका माध्यमबाट सामाजिक सुधार तथा परिवर्तनका कार्यहरु गरेको उल्लेख गर्दै उनलाई एक मार्गनर्देशक रुपमा लिनुपर्ने बताए । समाजमा रहेका विकृति तथा विसंगतिलाई साहित्यको माध्यमले सुधारको वाटोमा ल्याउन उनको प्रेरणादायी भुमिका रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्