असार ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्ने बताए ।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरी सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् । आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले चन्द्रागिरी नेपालको एक महत्वपूर्ण पर्यटकिय क्षेत्र भएकाले यसलाई अझ वढी विकसित वनाउनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले ओलीले कविताको रचना गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्