एजेन्सी, १३ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड २ लाख १८ हजार ५४५ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ६६ लाख २९ हजार ६५२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा २१ लाख ३४ हजार ७८२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १६ लाख ६७ हजार ६६७ जना, भारतमा ९ लाख ५३ हजार १८९, रसियामा ६ लाख ३ हजार ३२९ र चिलीमा ३ लाख १९ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४४ लाख ३२ हजार ५५२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २४ लाख ४३ हजार ४८० जना, भारतमा १४ लाख ८२ हजार ५०३ जना, रसियामा ८ लाख १८ हजार १२० जना र दक्षिण अफ्रिकामा ४ लाख ५२ हजार ५२९ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ५० हजार ४२५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८७ हजार ६७९ जना, बेलायतमा ४५ हजार ७५९ जना, मेक्सिकोमा ४३ हजार ६८० जना र इटालीमा ३५ हजार ११२ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या भने ४८ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्