Banner News

नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा



काठमाडौँ, १३ पौष । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक–अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन् । दाहालले आफ्नो खेमामा ओलीको साटो माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेका छन् ।

दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ । राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गर्ने स्रोतले जनाएको छ ।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो । चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो । याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।