Banner News

जन्मकुण्डलीमै राष्ट्रपति एमालेको हुने लेखिएको छ : अध्यक्ष ओली



काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गदै हिँडेर हुन्छ त ?’