काठमाडौँ, १७ फागुन । केपी ओली कपको उपाधि मछिन्द्रले जितेको छ ।
आज भएको फाइनल खेलमा १–१ गोलको बराबरी थियो । पेनाल्टी सुटआउटमा सातदोबाटो युथ क्लबलाई ५–३ ले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो ।
उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।
सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रले बचायो ।










प्रतिक्रिया दिनुहोस्