काठमाडौँ, १ पौष । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् ।
आज ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए ।
उनले भने, ‘अहिलेका युवा पत्रकार खोजमा चासो दिने खालका छन् । आचार संहिताबारे पनि सबै गम्भीर र संवेदनशील बन्न जरूरी छ । यसमा अलि बहस हुनुपर्छ ।’
उनले सूचना नदिँदैमा पत्रकारहरु रिसाइहाल्नुनपर्ने बताए । उनले एक प्रसंगबारे स्मरण गर्दै भने– ‘संवैधानिक परिषद बैठकमा पहिलो चोटि गएको थिएँ, पत्रकार साथीहरूले फोन गरेर सोध्नुभयो मैले भनिन् । पत्रकार साथीहरूले जानकारी नदिने भनेर गुनासो गरेको पाएँ।’










प्रतिक्रिया दिनुहोस्