Banner News

सरकारले गरेका कामको प्रचार गरौँ : महामन्त्री थापा



दाङ, २५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।

दाङको तुलसीपुरमा नेपाल थारू संघको नगर र क्षेत्रस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राम्रा कामको प्रचार नहुँदा जनतामा असन्तुष्टि बढेको बताउनुभयो । महामन्त्री थापाले संविधानमा देखिएका त्रुटि सच्याउन, संशोधन गर्नका लागि सरकारभित्र र बाहिर रहेका दलहरुसँग बारम्बार छलफल संवादमै रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य  बिमा, वन विकास, आप्रवासन, भौतिक पूर्वाधारका क्षेत्रमा सकारात्मक काम भएपनि प्रचार हुन सकेको छैन, गाउँगाउँमा पुगेर प्रचार गर्नुहोस् ।”