राजनीति

ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन सकिँदैन : महामन्त्री थापा



काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे । राजावादीहरूले काठमाडौँमा मात्रै उत्पात मच्चाउन खोजेको र देशका उपत्यका बाहेकका ठाउँमा राजावादीहरूको कुनै पनि कार्यक्रम नभएको थापाले बताए ।

महामन्त्री थापाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन । निर्मल निवासमा बसेर त काठमाडौँमा यस्तो उत्पात मच्चाए । अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ? म देश घुमेर आए । उपत्यका बाहिर पूरै ठाउँ घुमेर आए । केही छैन । सुनसान छ । काठमाडौँमा मात्रै उत्पात मच्चाउन खोजिएको छ ।’