काठमाडौँ, ३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक जना पत्रकार र एक जना सर्वसाधारणको ज्यान गएको थियो ।
शाहले भने, ‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था हो । तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ । केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनि तोडफोड भयो । मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्