Banner News

उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं: प्रधानमन्त्री ओली



काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

स्वदेश तथा विदेशरमा रहनुभएका सम्पूर्या नेपालीहरुलाई नयाँ वर्ष २०८२ सालका आज शुभकामना व्यक्त गर्दै उहाँले नयाँ वर्षमा नयाँ उर्जा, संकल्प र नयाँ सम्भावनाको बारे खो िजगर्ने प्रतिवघता जनाउनुभयो । उहाँले भन्नुभएको छ, ‘नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दछु । नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छु ।’

मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेकोको उल्लेख गर्दै उहाँले ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएको बताउनुभयो । युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना रहेको बताउँदै उहाँले युवाहरुको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको धारणा राख्नुभयो ।