काठमाडौँ, ६ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि वर्गीय तथा सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई विर्सनु नहुने बताउनुभएको छ ।
शिक्षक तथा स्वास्थ्यकर्मीको आन्दोलनलाई लक्षित गर्दै उहाँले राष्ट्रिय दृष्टिकोण विना वर्ग वा समुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दवावले देशलाई अझ समस्याग्रस्त बनाउन सक्ने औंल्याउनुभएको छ ।
उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राष्ट्रिय दृष्टिकोण विना वर्ग वा सामुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दवावले देशलाई अझ समस्याग्रस्त वनाउन सक्छ । हरेकले आफ्नो वर्गियरसामुदायिक स्वार्थको कुरा उठाउदा राष्ट्रिय हितलाई विर्सनु हुँदैन ।’
19 April 2025 09:16 AM










प्रतिक्रिया दिनुहोस्