काठमाडौँ, १ फागुन । ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ । आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको आयोगले जनाएको छ ।
सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार अहिलेसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । दैनिक झन्डै १ हजार बाकस मतपत्र प्याकिङ र १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्