काठमाडौँ, १ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी उनले आजै बिहान पाथीभरा माताको पूजाअर्चना गरेकी हुन् ।
पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।






प्रतिक्रिया दिनुहोस्