काठमाडाैँ, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे ।
उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः वामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो । मैले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु । ७० वर्ष लामो वैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो ।’










प्रतिक्रिया दिनुहोस्