समाचार

ठगी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौँ, २ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् ।

अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ ।