क्रिएसन नेपालले सफा गरौं अभियान अन्तर्गत महाशिवरात्री पर्वको अवसरमा पाँचसय भन्दा बढी सफाईकर्मी परिचालन गरी वृहत सरसफाई गरेका छन् ।
दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सन्चालन गरेको सफा गरौं अभियान अन्तर्गत करिब पाँच सय भन्दा बढी सफाईकर्मीहरु परिचालन गरी पशुपतिक्षेत्रमा सरसफाई अभियान सन्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौंको संख्यामा घुईंचो लाग्ने भएको हुँदा फोहोरमैला पनि व्यापक हुने भएको हुनाले निजी क्षेत्रमा कार्यरत सफाईकर्मीहरुसँग मिलेर अभियानको रुपमा हरित शिवरात्री अभियान सन्चालन गर्न लागिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन ।
महासचिव सुवेदीका अनुसार विभिन्न निजी क्षेत्रका सरसफाई गर्ने संस्थाहरुको सहकार्यमा करिब दुई भन्दा बढी स्वंयसेवक परिचालन गरी महाशिवरात्रीको एक दिन अगाडि देखि नै मुख्य क्षेत्रलाई सरसफाई गरिएको उनले बताइन ।
सरसफाई अभियान अन्तर्गत करिब पाँच सयको संख्यामा रहेका स्वयंसेवकहरुले लगातार तिन दिन सम्म पशुपतिक्षेत्रमा सरसफाई गतिविधि सन्चालन गर्ने क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी गराइन ।
उक्त अवसरमा कोकाकोला फाउण्डेसनले महाशिवरात्रीको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका उत्पदानहरु वितरण गरेका थिए । क्रिएसन नेपालले सरसफाई अभियानलाई सफल बनाउन पशुपति क्षेत्र विकास कोषसँग वृहत सहकार्य गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्